यी हुन् कम पढेका चर्चित पाँच बलिउड नायिका

बलिउडमा केही यस्ता नायिका छन् जसले अभिनयको जादु नै देखाएका छन् । ती नायिकाका थुप्रै फ्यान फलोअर्स छन् । धेरैलाई यस्ता नायिकाको अध्ययनबारे भने जानकारी नहुन सक्छ । कतिपय ठाउँमा प्रतिभा र क्षमता भए पढाइले मात्रै अवसरबाट वन्चित गर्दैन भन्ने उदाहरण पनि हुन् यी नायिका । बलिउडकी चर्चित पाँच नायिका, कसको पढाइ कति ?

राखी सावन्त

कट्रोभर्सी क्विनका नामले चर्चित राखी सावन्तको वास्तविक नाम निरु भेदा हो । राखीले कलेज तहसम्म अध्ययन गरेकी छन् । राखी मुम्बई उत्तर–पश्चिम लोकसभा सिटमा निर्दलीय क्यान्डिडेटका रुपमा चुनाव लडेकी थिइन् । जसमा उनले आफ्नो शैक्षिक योग्यता अनपढ बताएकी थिइन् । उनले यस्तो किन भनेकी हुन् भन्नेबारे भने केही खुलेन ।

अलिया भट्ट

‘राजी’, ‘गली ब्वाई’ जस्ता हिट फिल्म दिएकी आलियाले धेरै पढे लेखेकी छैनन् । फिल्म ‘स्टुडेन्ट अफ इयर’ बाट फिल्ममा डेब्यु गरेकी आलियाले स्कुल जीवनपछि फिल्मी करियर सुरु गरेकी हुन् । फिल्ममा लगातार अफर आउन थालेपछि आलियाले १२ कक्षासम्मको अध्ययन मात्र गर्न सकिन् ।

कंगना रनौत

बलिउडमा अफ्नो दममा फिल्म हिट गराउन माहिर एक्टर कंगना रनौत १२ कक्षामा फेल भएकी थिइन् । फेल भएसँगै उनले उच्च शिक्षाको आगामी यात्रामा पूर्ण्विराम लगाइदिएकी थिइन् । यसपछि उनी मोडलिङका लागि दिल्ली हुँदै मुम्बई आएकी थिइन् । कंगनाले सुरुसुरुमा आफ्नो इङ्लिसका कारण निकै मजाक उडाउने गरेको कुरा पनि थुप्रै पटक सम्झिने गरेकी छन् ।

सोनम कपुर

मुम्बईको आर्य विद्या मन्दिरमा १२ सम्मको पढेकी सोनम कप्रले ब्याचलरका लागि भर्ना त गरिन् तर पढाइ बीचमै छोडिदिइन् । अध्ययन बीचमै छोडेर उनले फिल्मी करिएर सुरु गरेकी हुन् । एक अन्तर्वार्तामा सोनमले १२ को अध्ययन पछि पढाइ छोडेर अभिनय यात्रा सुरु गरेको बताएकी थिइन् ।

करिश्मा कपुर

करिश्मा कपुरको पढाई झनै कम छ । उनी पाँच कक्षा पास मात्र भएकी छन् । छ कक्षामा पढ्दै गर्दा उनले पढाइ छोडेर आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन् । करिश्मा ९० को दशककी सफल अभिनेत्रीमध्येकी एक हुन् ।

Facebook Comments