तीन गुणा भन्दाबढी खोप खेर

बालमृत्युदर घटाउन सञ्चालनमा आएको राष्ट्रिय खोप कार्यक्रम व्यवस्थापन गर्न नसक्दा लाखौं डोज खोप खेर गइरहेको पाइएको छ । हालै सार्वजनिक महालेखा परीक्षकको ५६ औं प्रतिवेदनले खोपमा तीन गुणाभन्दा बढी खोप खेर गएको देखाएको छ । बालबालिका खोपको पहुँचभन्दा बाहिर नपरुन् भनेर सरकारले राष्ट्रिय खोप कार्यक्रम चलाउँदै आइरहेको छ । तर खोप लिने तालिकामा उचित व्यवस्थापन गर्न नसक्दा ३ सय ३२ प्रतिशतसम्म खोप खेर जाने गरेको प्रतिवेदनले देखाएको हो ।

महालेखाको प्रतिवेदन अनुसार बालबालिकामा लगाइने खोपमा सबैभन्दा बढी बीसीजी खोप खेर गएको पाइएको छ । जसमा ५ लाख ७३ हजार ७ सय ९६ जनालाई एक वर्षमा लगाइएको छ भने सोही खोप १९ लाख ५५ हजार १६ डोज खेर गएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बीसीजी खोप एक भाइलमा २० जनालाई लगाउन मिल्छ । उक्त खोप खोलेपछि बन्द गरेर पुनस्प्रयोग गर्न मिल्दैन् । यो खोप अन्य खोपको तुलनामा ५० प्रतिशतसम्म खेर जाने गरेको छ । तर यो खोप नेपालमा ३ सय ३२ प्रतिशतभन्दा बढी खेर गएको पाइएको छ । करिब ६ गुणा भन्दा बढी खेर गएको देखिन्छ ।

Facebook Comments