बाँसघारीमा भेटियो पेस्तोल र गोली

मोरङ– विराटनगर–१६ दरैयाबस्तीमा एउटा पेस्तोल बेवारिसे अवस्थामा फेला परेको छ। नेपाल–भारतको सीमा नजिक पेस्तोल भेटिएको हो । नेपाली भूभागमा पर्ने सो बस्तीको बास झ्याङ्गमा लुकाइ राखेको अवस्थामा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मेड इन युएसए लेखिएको नाइन एमएम पेस्तोल र त्यसमा प्रयोग हुने दुर्इ राउण्ड गोली वेवारिसे अवस्थामा फेला परेको मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए। पूर्व सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले सो हतियार भेटेको एसपी केसीले बताए ।

Facebook Comments

Advertisement