लुक्लामा विमान दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

बिर्तामोड–सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा समिट एयरको विमान रनवेबाट टेकअफ गर्ने क्रममा पार्क गरी राखिएको मनाङ एयरको हेलिकप्टरसँग ठोकिँदा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालयले जनाए अनुसार मृतकमध्ये पर्यटक प्रहरी लुक्लामा कार्यरय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र समिट एयरको कोपाइलट एस। ढुंगानाको घटनास्थलमै मृत्यु भएको थियो ।

लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठ घाइते भई थप उपचारको क्रममा मृत्यु भएको हो । समिट एयरमा रहेका ४ जना यात्रुको अवस्था सकुशल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

Facebook Comments