सोलुखुम्वुमा प्लेन र हेलिकप्टर ठोक्किए, दुई जनाको मृत्यु

सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान दुर्घटना भएको छ । समिट एयरको विमान उडान भर्ने क्रममा मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।आइतबार बिहान समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएको हो । दुर्घटनामा दुईजनाको ज्यान गएको जानकारी आएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताएका छन् ।

दुर्घटनामा घाइते भएका चारजनालाई हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल ल्याएको छ । मृत्यु भएका दुईजनाको शव ल्याउन हेलिकप्टर गएको छ । अहिले उद्धाको काम भइरहेको छ । उडान भर्ने क्रममा विमान हेलिकप्टरसँग ठोक्किएपछि आगो लागेको थियो । हेलिकप्टरका पाइलट सिबी गुरुङको उद्धार गरिएको जनाइएको छ । विमान धावन मार्गमा चिप्लिएर हेलिकप्टरमा ठोक्किन पुगेको हो । दुर्घटनाको यकिन कारण भने खुलेको छैन ।

Facebook Comments

Advertisement