दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बिर्तामोड–झापाको कमल गाउँपालिकास्थित गेउरियामा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  आइतबारराति कमल गाउँपालिका–६ स्थित भित्री सडक खण्डमा पाडाजुगीबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ४ प १६५८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका मे ४ प १६५८ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका–६ का २१ वर्षीय प्रविण राजवंशीको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही मोटरसाइकलमा पछाडि सवार मनोज साह र मे १० प ६८५१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका–४ को लोकेश ठटाल घाइते भएका छन् । घाइते दुबै जनाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेकोजल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

Facebook Comments

Advertisement