पेट्रोल पम्प नजिकै बसमा आगो लगाउने पक्राउ

उर्लावारी–मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मालबासे पेट्रोल पम्प नजिक पार्किङ गरेर राखिएको ना ४ ख ४९ नम्वरको बसमा सोमवार बिहान आगजनी भएको छ । आगजनी गरेको अभियोगमा एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

बिहान साढे ३ बजे बसमा आगजनी गर्ने सर्लाही घर भई उर्लाबारी –७ मा बस्दै आएका ३७ वर्षीय रामहरि माझीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले मादक पदार्थ सेवन गरेका माझीले बसमा आगजनी गरेको बयान दिएको बताए ।

उनको साथबाट एक थान लाइटर बरामद भएको छ । बस कसको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

Facebook Comments

Advertisement