भिटामिन ए कार्यक्रम शुरु

बुधवारे– दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबारबाट शुरु भएको छ । अभियानको पहिलो दिन झापाको बुद्धशान्ति वडा नम्वर–३ स्थित बुधबारे स्वास्थ्य चौकीमा भिटामिन ए र जुकाको औषधी खुवाइएको छ । पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको हो । पहिलो चरण अन्तर्गत यसअघि भिटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने जनाईएको छ ।

Facebook Comments

Advertisement