केकी र प्रेम चाउचाउको स्वाद चाख्दै

झापाली गायक प्रेम आङ्देम्बेको ‘चाउचाउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । एक दशकयता गीतसंगीतमा संघर्ष गरिरहेका झापा शिवसताक्षी नगरपालिका–६ का गायक प्रेमले गतवर्ष नै यो गीत रेकर्ड गराएका थिए । गीतमा शंकर थापाले संगीत भरेका छन् । गीतको म्युजिक भिडियो भने उनले भर्खर मात्र निर्माण गरेका हुन् । युट्युवमा भिडियो सार्वजनिक भएको केही घण्टामै ४१ हजारभन्दा बढी पटक हेरिसकिएको छ ।


म्युजिक भिडियोमा गायक प्रेम आङ्देम्बेले आफैँ अभिनय गरेका छन् । उनलाई चर्चित नायिका केकी अधिकारीले साथ दिएकी छिन् । उनीहरुबाहेक हास्य कलाकारहरु शुरबीर पण्डित, निरु खड्का, विनोद राई (घ्याम्पे सुब्बा) लगायतले पनि भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् । प्रमोद भण्डारीले कोरियोग्राफी गरेको म्युजिक भिडियो विनोद कार्कीले छायांकन गरेका हुन् ।
गीतमा प्रेमले केकीलाई भनेका छन्ः
कहिले हुन्छ्यौ चाउचाउजस्तै काँचै खान मिल्ने
कहिले हुन्छ्यौ चाउमिनजस्तै पकाइ खानु पर्ने
नारीको मन देउतैलाई नि बुझन गाह्रो
आइसक्रिम हुन्छ्यौ, कहिले हुन्छ्यौ ढुंगाभन्दा साह्रो
मायाले मा¥यो मलाई, मायाले मा¥यो

Facebook Comments