झापाको गाउँ–गाउँमा माछापुछ्रे बैंकको वित्तिय सेवा

बिर्तामोड– माछापुछ्रे बैंकको बिर्तामोड र बाह्रदशी शाखाले ग्रामीण क्षेत्रमा वित्तीय सेवा तीव्र बनाएका छन् । ग्रामीण जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्य राखेर माछापुछ्रेले अभियान चलाएको हो । बैंकले एकसाथ झापाका विभिन्न ठाउँमा १४ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकिङ पहुँचबाट टाढा रहेका जनतालाई सुविधा प्रदान गर्न शाखारहित बैंकिङ सेवा शुभारम्भ गरिएको बिर्तामोड शाखाका प्रबन्धक अभिषेक बरालले बताए ।

‘गाउँमै सेवा दिने हाम्रो उद्देश्य हो’, उनले भने, ‘यसबाट जनताले आफ्नै ठाउँमा बैङ्किङ सेवा पाउने छन् ।’ बैंकले स्थापना गरेका सेवा केन्द्रबाट सेवाग्राहीले खाता खोल्ने, निक्षेप जम्मा गर्ने, भुक्तानी लिने, रकमान्तरण गर्ने, बिल भुक्तानी लिने, विप्रेषण सेवा उपयोग गर्नेछन् । बैंकले १९ वर्षदेखि देशभर सेवा दिइरहेको छ । माछापुछ्रे बैंक प्रदेश १ का प्रबन्धक अजय आचार्यले शाखारहित बैंकिङ सेवा विस्तारले ग्रामीण क्षेत्रमा वित्तीय कारोबार बढेको बताए । बैंकले बाहुनडाँगी, भद्रपुर, सालबारी, जयपुर, बुट्टाबारी लगायतका स्थानमा सेवा केन्द्रमार्फत् बैंकिङ सेवा विस्तार गरेको हो ।

Facebook Comments