दोहोरो करले समस्या

बिर्तामोड/विवेचना : अलैंचीमा लाग्ने दोहोरो करका कारण व्यवसायीहरु मारमा परेको अलैंची व्यवसायीले गुनासो गरेका छन् । शुक्रबार झापाको बिर्तामोडमा आयोजित कर सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्याक्रममा सहभागि व्यवसायीले यस्तो गुनासो गरेका हुन् ।
अलैंची व्यवसायी महासंघ र आन्तरिक राजस्व कार्यालय झापाले संयुक्तरुपमा आयोजना गरेको कर सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्याक्रममा बोल्दै व्यवसायीले राज्यले अलैचीको बोट देखि निर्यात गर्ने ठाउँ सम्म छुटा छुटैे कर लगाउने गरेका कारण व्यापार घाटा बेहोर्नु परेको गुनासो गरे ।

कुनै बेला अलैचीको व्यापार राम्रो हुदा तिर्दै आएको कर आज व्यापार घाटामा गईरहेका बेला सोहि कर पनि धेरै भएको उनिहरुको गुनासो छ । कर तिर्नका लागी वडा कार्यलय, नगरपालिका हुदै राजस्व कार्यालय धाउनु पर्ने बाध्यता भएका कारण यस विषयमा नगरपालिका र राजस्व कार्यालयले समन्व्य गर्नु आवश्यक रहेको अलैंची व्यवसायी महाँसंघका अध्यक्ष राज कुमार कार्कीले बताए ।

अलैंची खरिद पछि भारतले तिर्ने जिएसटि करले पनि अप्रत्यक्ष रुपमा व्यापारमा असर पुग्ने गरेको महासचिव सुवास भट्टराईको भनाई छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु रहेका आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख बोलराज आचार्यले जिएसटी करका बारेमा भने मन्त्रालयमा हुने छलफलमा बिषय राख्ने बताए ।

नेपाल अलैंची महासंघका अध्यक्ष राज कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख बोलराज आचार्य, कर अधिकृत भिम प्रसाद देवकोटा लगाएत महासंघका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments