बिर्तामोड उद्योग वाणिज्य सङघले ग–यो चार विघा जग्गा खरिदको प्रस्ताव

बिर्तामोड– बिर्तामोड उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घको सदस्यता दिलाइदिन माग गरेको छ । तेस्रो साधारणसभाका अवसरमा आइतवार सङ्घका अध्यक्ष कुमार भट्टराईले यस्तो माग गर्नु भएको हो । अध्यक्ष भट्टराईले त्यसका लागि पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथि महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई आग्रह गर्नु भयो । बिर्तामोड उद्योग वाणिज्य सङ्घले महासङ्घ प्रदेश १ को सदस्यता भने पाइसकेको छ ।

साधारणसभामा अध्यक्ष भट्टराईले बिर्तामोडको बढ्दो चहलपहल, व्यवसायिकीकरण र जनचाप समेतका आधारमा बिर्तामोड नगरक्षेत्रभित्र चार विघा जग्गा खरिदको प्रस्ताव पनि गर्नु भएको छ । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले जग्गा खरिदको प्रस्ताव अघि सार्नु भएको हो ।

Facebook Comments

Advertisement