स्वागत चोकमा जेष्ठ नागरिक चौतारो

बिर्तामोड– विर्तामोड नगरपालिका–३ स्वागत चोकमा जेष्ठ नागरिक चौतारो निर्माण कार्य शुरु भएको छ । स्थानीय दाताहरुको आर्थिक सहयोग र विराट सामुदायिक अध्ययन केन्द्रको सहजीकरणमा स्थानीय कमला तिम्सिनाको ६ धुर जग्गामा सो चौतारो निर्माण कार्य शुरु भएको हो ।

मङ्गलवार एक कार्यक्रमका वीच विर्तामोड नगरपालिका–३ का अध्यक्ष भोजराज सिटौला र विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन शिवाकोटीले सो चौतारो निर्माण कार्यको शिलान्यास गरेका हुन् । तिम्सिनाले दिवंगत श्रीमान्को नाममा ६ धुर जग्गा निःशुल्क प्रदान गरेकी हुन् ।

चौतारो निर्माण समितिको अध्यक्ष तथा जग्गादाता तिम्सिनाले समाजको एउटा राम्रो काममा आपूmले सहयोग गर्न पाएकोमा हर्ष प्रकट गरिन् । उनले चौतारो निर्माण कार्य कठिन भएको र नगरपालिकाबाट प्राप्त बजेटले मात्र नपुग्ने भएको हुँदा सो निर्माण कार्यलाई सफल बनाउन सबै टोलबासीहरुलाई तन, बचन र कर्मले सहयोग गर्नका लागि अनुरोध गरिन् ।

विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्रप्रसाद सिटौलाले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन स्वागत टोल सरसफाई समितिका सचिव नरेशकुमार न्यौपानेले गरेका थिए । चौतारी निर्माणका लागि विराट सामुदायिक अध्ययन केन्द्र मार्फत. एकलाख २० हजार र अन्य दाताहरुबाट दुई लाख असी हजार संकलन गरी चार लाख बजेटमा असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने स्वागतचोक टोल विकास संस्थाका सचिव राजु चाम्लिङ्गले बताए । .

Facebook Comments