सरकार र चिया मजदूरबीचको वार्ता निष्कर्षविहीन

बिर्तामोड– चिया मजदूर र सरकारी अधिकारबीच बिहीवार भएको वार्ता निष्कर्षविहीन भएको छ । सङ्घीय राजधानी काठमाडौँमा भएको वार्ता निष्कर्षविहीन भएको हो । चिया मजदूरको आन्दोलन चर्किएपछि श्रम मन्त्रालयले वार्ताका लागि बोलाएको थियो । वार्तामा चिया मजदूरले श्रम ऐनले तोके अनुसारको सेवा सुविधा पाउनु पर्ने अडान दोहोर्याएका छन् । माग पूरा नभएसम्म आन्दोलन फिर्ता नगर्ने मजदूरको अडान छ । चिया मजदूरको आन्दोलन ४१ दिनदेखि जारी छ ।

सरकार र चिया उद्योगी श्रम ऐनमा तोके अनुसारको ज्याला कार्यान्वयन गर्न तयार नभएपछि मङ्गलवार मजदूरले बिर्तामोडको सडकमा सुतेर विरोध प्रदर्शन गरेका थिए । सरकारले श्रम ऐनमा चिया मजदूरको ज्याला ३८५ रुपैयाँ तोकेको छ । तर, उनीहरुले २७८ रुपैयाँ भन्दाबढी पाउन सकेका छैनन् ।

मजदूर आन्दोलनपछि सरकारद्वारा गठित कार्यदलले गत वर्षको साउनदेखि लागू हुने गरी चिया उद्योगीसँग १४ पटक छलफल गरेर श्रम ऐनमा ज्याला निर्धारण गरेको थियो । तर तोकिएको ज्याला दिन उद्योगीले अस्वीकार गर्दै आएका छन् । पछिल्लो दुई दशकमा चिया खेतीको क्षेत्रफल करीब तीन गुणाले र उत्पादन पाँच गुणाले बढेको छ । तर, चिया मजदूर भने दैनिक ज्यालामा चिया उद्योगीले सधैँ शोषण गरिरहेको गुनासो गर्दै आएका छन् ।

Facebook Comments

2 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Google

Advertisement