चिया उद्योगीलाई मोसो दल्ने मजदूरको तयारी

बिर्तामोड–चिया मजदुरले नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलको घरसहित निजी कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन्। चिया उद्योगीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै ४४ औँ दिनदेखि आन्दोलन उत्रिएका चिया मजदुरले भद्रपुर–८ स्थित जनता चोकमा रहेको चिया उत्पादक संघका अध्यक्ष मित्तलको घरसहित निजी कार्यालय घेराउ गरेका हुन्।

भद्रपुरको संगम चोकमा भेला भएका मजदूर र्यालीसहित घर घेर्न पुगेका थिए । ज्याला नपाएको पीडा एकातिर छ, अर्काेतिर दैनिक आधा पेट खाएर आन्दोलन गर्नु पर्ने बाध्यता भएपछि चिया मजदूरले उद्योगीमाथि आक्रमणको योजना समेत बनाएका छन् । उद्योगीलाई मोसो दलेर घुमाउने तयारी गर्नुको विकल्प नरहेको एक जना मजदूर नेता बताउँछन् । आन्दोलनको स्वरुप फेर्ने विषयमा मजदूर संगठन तीव्र छलफलमा छन् । सरकारले बोलाएको वार्ता निष्कर्षविहीन भएपछि मजदूर आन्दोलन उत्कर्षमा पुगेको छ ।

Facebook Comments

Advertisement