चिया मजदूरको आन्दोलन फिर्ता, उद्योगी ज्याला दिन तयार

बिर्तामोड– ४५ दिनदेखि पूर्वमा जारी चिया मजदूरको आन्दोलन फिर्ता भएको छ । चिया उद्योगीसँग आज भएको वार्तामा ज्यालाका विषयमा सहमति भएपछि मजदूर आन्दोलन टङ्गिएको हो । श्रम ऐनले तोके अनुसारको ज्याला दिन चिया उद्योगी सहमत भएपछि मजदूर आन्दोलन टुङ्गिएको मजदूर नेता भूपाल सापकोटाले बताए ।

नेपाल चिया उत्पादक सङ्घ मातहतका चिया उद्योगी श्रम ऐनमा सरकारले तोकेको मजदूरको आधारभूत तलव र महङ्गी भत्ता कार्यान्वयन गर्न सहमच भएको नेता सापकोटाले बताए । वार्तामा सहमति भएपछि दुबै पक्षले प्रेस विज्ञप्ति जारी गरी बैशाख ३१ गतेदेखि चिया बगान र प्रशोधन कारखानामा काम नियमित हुने जनाएका छन् ।

ऐनमा मजदूरको आधारभूत तलब २३१ र महङ्गी भत्ता १ सय ५४ रुपैयाँ गरी ३८५ रुपैयाँ तोकिएको छ । प्रशोधन कारखानामा काम गर्ने नाइके तथा चौकीदारले ४२ रुपैयाँ अतिरित्तm भत्ता पाउँछन् । सहमति अनुसार २०७६ को चैत्र मसान्तसम्ममा मात्रै चिया मजदूरले यसअघि बढेको तलव र भत्ता पाउनेछन् ।

Facebook Comments