१ लाख बेरोजगारलाई २ अर्ब ३६ करोड रुपैयाँ बाँड्ने तयारी

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सरकारले यही असारभित्र १ लाख ६ हजार जनालाई २ अर्ब ३६ करोड रुपैयाँ बाँड्ने तयारी गरेको छ । बेरोजगारलाई वर्षमा कम्तीमा ३० दिन रोजगारी दिने, रोजगारी दिन नसके त्यति दिनको भत्ता दिने प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना छ । यसै अनुुरूप रोजगार केन्द्रमा सूचीकृत बेरोजगारहरूलाई सरकारले चालू आर्थिक वर्ष (आव) २०७५/७६ भित्र उक्त रकम बाँड्न लागेको हो ।

सूचीकृत नभएका बेरोजगारहरूले यो सुविधा पाउने छैनन् । रोजगारका निम्ति विदेशिनुपर्ने बाध्यता यस कार्यक्रम मार्फत ५ वर्षमा अन्त्य गर्ने सरकारको लक्ष्य छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बुटवल, भरतपुर, वीरगञ्ज, हेटौंडा, काठमाडौं, जनकपुर, विराटनगर र वीरेन्द्रनगर (सुर्खेत) बेरोजगार दर्ता हुने सूचीमा अग्रपंक्तिमा छन् । सबैभन्दा बढी कञ्चनपुरको भीमदत्त नगरपालिकामा ४५१ जना र सबैभन्दा कम ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा १८ जना बेरोजगार दर्ता भएका छन् ।

Facebook Comments