मिस्टर एण्ड मिस पूर्वको पहिलो अडिसन इटहरीमा

बिर्तामोड–पूर्वमा हुन गइरहेको मिस्टर एण्ड मिस पूर्व सौन्दर्य प्रतियोगिताको अडिसन जेठ ११ गते इटहरीको होटल रोजम्यारीमा हुने भएको छ । अनुसन्धान मिडियाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । अडिसन फारम झापा, इलाम, मोरङ, सुनसरी लगायत पूर्वका विभिन्न ठाउँमा वितरण हुँदै आएको छ । प्रतियोगितामा १५ वर्ष देखि २५ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने छन् । जेठ २८ गते झापाको बिर्तामोडमा अर्काे अडिसने हुने छ ।

आयोजक संस्थाका प्रमुख अनुस किरातीका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई २३ दिनको विशेष प्रशिक्षण प्रदान गरिनेछ । जस्मा मोडलिङ सम्बन्धी ज्ञान लगायत मोटिभेसन, फिटनेस, जुम्बा, योगा, अभिनय जस्ता विभिन्न विषयहरुको प्रशिक्षण गराइनेछ । मिस्टर एण्ड मिस पूर्व प्रतियोगितामा मोडलिङप्रति रुचि राख्ने युवायुवतीलाई लक्षित गरेर एउटै स्टेजमा उतार्न लागिएको हो ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीनजना रनरअपले क्रमशः नगदसहित बिभिन्न गिफ्टह्याम्पर, इन्डिया भ्रमण, म्युजिक भिडियो साथै राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस टिन नेपाल र मोडल हन्ट नेपालमा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक संस्था अनुसन्धान मिडिया प्रालिले जनाएको छ ।

Facebook Comments