अष्ट्रेलिया जाने बिद्यार्थीलाई शैक्षिक परामर्श

तस्बीरहरु– बिजय बराल, विवेचना डटकम

बिर्तामोड – बिर्तामोडस्थित ओली एण्ड एशोसिएट्सको आयोजनामा उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जाने बिद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । ओली एण्ड एशोसिएट्सको आयोजनामा बिर्तामोडस्थित आदर्श व्यांक्वेटमा भएको कार्यक्रममा विद्यार्थी र अभिभावक गरेर पाँचसय सय भन्दा बढीले सहभागिता जनाएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावकहरुलाई उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जाँदा अपनाउनु पर्ने सावधानी, अष्ट्रेलियाको कलेज तथा युनीभर्सिटी बारे जानकारी, त्यहाँ पढाई हुने बिषय , वातावरण लगायतका बारेमा ओली एण्ड एशोसिएट्सका सिइयो भवानीप्रसाद ओली , कन्ट्री म्यानेजर सुर्दशन शर्मा , आइटी र मार्केटिङ म्यानेजर विवेश शाक्य लगायतका परामर्श बिज्ञहरुले परामर्श दिएका थिए ।

त्यस्तै ओली एण्ड एशोसिएट्सका आइएलटिस इन्स्ट्रक्टर हरीप्रसाद ओलीले आइएलटिस र पिटीई परीक्षा सम्वन्धी परामर्श दिएका थिए । कार्यक्रममा एसबीआई बंैक, माछापुछ्रे बैक,एभ्रेष्ट बैकका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई शैक्षिक ऋण लिन गर्नुपर्ने प्रक्रिया लगायत बैकिंङ प्रक्रियाका बारेमा जानकारी दिएका थिए । त्यस्तै बिर्तामोड वारिष्टा वार्कटेन्डीङ एकाडेमीले सहभागी बिद्यार्थीहरुलाई कफी बनाउने तरीकाबारे जानकारी गराएको थियो । कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई विभिन्न गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको ओली एण्ड एशोसिएट्सका बिर्तामोड प्रमुख अशोक अधिकारीले जानकारी दिए ।

Facebook Comments