मिस पूर्व सौन्दर्य प्रतियोगिताको अडिसन झापाको बिर्तामोडमा सम्पन्न

बिर्तामोड–पूर्वमा हुन गइरहेको मिस्टर एण्ड मिस पूर्व सौन्दर्य प्रतियोगिताको अन्तिम अडिसन शनिवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । यसअघि जेठ ११ गते इटहरीको होटल रोजम्यारीमा पहिलो अडिसन भएको थियो । बिर्तामोडमा भएको अडिसनबाट १५ जना प्रतियोगी छानिएका छन् । इटहरीबाट १२ जना छानिएका थिए ।

अनुसन्धान मिडियाको आयोजनामा हुन लागेको प्रतियोगितामा २७ जना प्रतियोगी बन्द प्रशिक्ष्णका लागि छानिएका छन् । आइतवारदेखि उनीहरुको प्रशिक्षण सुरु हुनेछ । प्रतियोगितामा १५ वर्ष देखि २५ वर्ष उमेर समूहका युवायुवती सहभागी छन् । आयोजक संस्थाका प्रमुख अनुस किरातीका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई २३ दिनको विशेष प्रशिक्षण प्रदान गरिनेछ ।

जस्मा मोडलिङ सम्बन्धी ज्ञान लगायत मोटिभेसन, फिटनेस, जुम्बा, योगा, अभिनय जस्ता विभिन्न विषयहरुको प्रशिक्षण गराइनेछ । मिस्टर एण्ड मिस पूर्व प्रतियोगितामा मोडलिङप्रति रुचि राख्ने युवायुवतीलाई लक्षित गरेर एउटै स्टेजमा उतार्न लागिएको हो ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीनजना रनरअपले क्रमशः नगदसहित बिभिन्न गिफ्टह्याम्पर, इन्डिया भ्रमण, म्युजिक भिडियो साथै राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस टिन नेपाल र मोडल हन्ट नेपालमा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक संस्था अनुसन्धान मिडिया प्रालिले जनाएको छ । झापा र मोरङ गरी दुई ठाउँमा प्रशिक्षण हुनेछ । प्रतियोगीलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफरले प्रशिक्षण दिनेछन् ।

Facebook Comments