बिर्तामोड भद्रपुर सडकखण्ड चारलेनको बन्ने

बिर्तामोड– बिर्तामोड भद्रपुर सडकखण्ड चारलेनको बन्ने भएको छ । त्यसका लागि डीपीआर बनाउने प्रक्रिया सुरु भएको हो । प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले बिर्तामोड भद्रपुर सडक खण्डलाई चारलेनको बनाउने गरी प्रक्रिया सुरु भएको बताइन् ।

अहिले बिर्तामोडदेखि आँखा अस्पतालसम्म मात्रै चारलेनको सडक निर्माण भइरहेको छ । पूर्व–पश्चिम राजमार्गबाट सदरमुकाम जोडिने सडकलाई चारलेनको बनाउने सरकारको तयारी छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले आफ्नो र माननीय पवित्रा निरौला खरेलको पहलमा बिर्तामोडदेखि भद्रपुरसम्मको सडक चारलेनको बन्न लागेको स्टाटस फेसबुकमा पोष्ट गरेका छन् ।

यसअघि थालिएको चारलेनको चारकिलोमिटर सडकको निर्माण कार्य सुस्त भइरहेका बेला बिर्तामोडदेखि भद्रपुरसम्मको सडक चारलेनको बन्ने सूचना सार्वजनिक भएको हो ।

Facebook Comments