अर्जुनधारामा उत्खनन् गरे ३० हजार जरिवाना !

 झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् मा आज आइतबारदेखि तीन महिनाको लागि रोक लगाएकोे छ । नगरपालिकाले सूचना नै जारी गरेर असार १ गतेदखि भदौ ३० गतेसम्मलाई पूर्णरुपमा नदीजन्य पदार्थ उत्खनन् मा रोक लगाएको हो । नगरले यदि सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा १० हजारदेखि ३० हजारसम्म जरिवाना र जफत गरिएको सामग्रीसहित सवारी साधानसमेत नियन्त्रणमा लिइने जनाइएको छ ।

पहिलोपटक उत्खनन् गरेको पाइएमा १० हजार, दोस्रापटक पाइएमा २० हजार र तेस्रोपटक पाइएमा ३० हजार जरिवाना गरिने नगरका प्रेस संयोजक सागर गौतमले बताए ।उनका अनुसार कुनै पनि व्यक्ति वा संघसंस्थाले निषेधित कार्य भएको सूचना नगरलाई उपलब्ध गराएमा सो व्यक्ति वा संस्थालाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । यस नगरपालिकाभित्र विरिङ, टाङटिङलगायतका नदी छन् ।

Facebook Comments

Advertisement