२८ वर्षीया डा. यादवको मृत्यु

बिर्तामोड– बिर्तामोडमा एक जना चिकित्सकको मृत्यु भएको छ । बिर्तामोडको कृष्णहल रोड मातृभूमि टोल समितिका अग्रज जयनारायण यादवकी छोरी डा .सुशिलाकुमारी यादवको मृत्यु भएको हो । न्यू केके सेल्स शनिश्चरे रोडका गौरीशंकर र अर्जुन यादवकी बहिनी डा. यादवको उपचारका क्रममा गएराति मृत्यु भएको हो । शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख चिकित्सक डा. यादव आन्द्रा सम्वन्धी रोगबाट पीडित थिइन् ।

तीन वर्षअघि स्वास्थ्य जाँचका क्रममा उनलाई आमासयको क्यान्सर भएको पत्ता लागेको थियो। त्यसयता उनी नियमित उपचारमा थिइन्। उनको क्यान्सरको शल्यक्रिया भारतमा भएको थियो। उनी २०७३ साल पुस ५ गतेदेखि स्थायी डाक्टरको रुपमा सरकारी सेवामा थिइन्। भने केही समय काठमाडौं नयाँ बानेश्वरस्थित निजामति अस्पतालमा समेत काम गरेकी थिइन्।

उनको कनकाई माइमा जातिय परम्परा अनुसार आइतवार दाहसंस्कार गरिएको छ । डा. यादवको निधनप्रति मातृभूमि टोल विकास समितिले गहिरो दुख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ । डा. यादवको निधनप्रति विवेचना दैनिक र विवेचना डटकम पनि समवेदना प्रकट गर्दछ ।

Facebook Comments

Advertisement