पत्रकार भट्टराईकाे अश्वत्थामा विमाेचित

बिर्तामोड – झापाली पत्रकार कुमार भट्टराईकाे कृति अश्वत्थामाकाे विमाेचन गरिएको छ । शनिवार विर्तामोडमा अायाेजित समाराेहमा साहित्यकार गणेश रसिकले भट्टराईकाे उपन्यास अश्वत्थामाकाे विमाेचन गर्नु भएकाे हाे । पत्रकार तथा साहित्यकार भट्टराईकाे याे छैठौं कृति हाे । यसलाई साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएकाे हाे । कृतिमाथि साहित्यकार मिश्र बैजयन्ती, कञ्चनजङ्घा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी र पत्रकार बसन्त बस्नेतले टिप्पणी र समिक्षा गर्नु भएकाे छ । साहित्यकार लीला अनमाेलले सञ्चालन गरेकाे कार्यक्रममा साहित्यकारहरु कृष्ण धराबासी, सराेज अाेली लगायतकाे उपस्थिति रहेकाे छ ।

Facebook Comments

Advertisement