३० लाख रुपैयाँ नलिने मेयर सिवाकोटीको घोषणा

बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले सरकारले दिने निर्णय गरेको ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन् । मंगलवार साँझ पत्रकार सम्मेलन गरी उनले यस्तो घोषणा गरेका हुन् । अर्जुनधाराका  लक्ष्मण शिवाकोटी हत्या प्रकरणका क्रममा मेयर सिवाकोटीको घरमा तोडफोड हुनुका साथै उनले प्रयोग गर्ने सरकारी र निजी सवारी साधनमा आगजनी भएको थियो । तोडफोडका क्रममा भएको क्षति छानबिन गरेर सरकारले मेयर शिवाकोटीलाई ३० लाख दिने निर्णय गरेपछि उनको सर्वत्र आलोचना भइरहेको छ।

Facebook Comments

Advertisement