इलामका बन्द ५२ चिया उद्योग आजदेखि खुले

इलाम–हरियो चियापत्ती गुणस्तरहीन भएकाले किसानलाई त्यसको न्यूनतम् मूल्य दिन नसकेको भन्दै बन्द भएका सूर्योदय नगरपालिकाका ५२ चिया प्रशोधन उद्योग खुलाउने सहमति भएको छ। हिजो सूर्योदय नगरपालिका कार्यालयमा भएको जनप्रतिनिधि, उद्योगी र किसानबीचको छलफलमा चियामा गुणस्तर कायम गर्दै उद्योग चालू गर्ने सहमति जुटेको हो।

छलफलमा सूर्योदय नगरपालिकाले गतवर्ष लागू गरेको ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ अनुसार किसानले हरियोपत्तीमा गुणस्तर कायम राख्ने, उद्योगीले पनि गुणस्तर घटाउन नपाउने सहमति भएको हो। सूर्योदय टी एसोसिएसनका सचिव गोपाल कट्टेलले नगरपालिका, उद्योगी र किसान सम्मिलित टोली बनाएर चियाको गुणस्तर अनुगमन गर्नेसमेत सहमति भएको बताउनु भयो । अनुगमनका लागि चिया विस्तार आयोजनाका प्रमुख रामअवतार साहको संयोजकत्वमा १३ सदस्यीय समिति बनाउने सहमति भएको छ।

Facebook Comments

Advertisement