झापामा हात्तीको बथान गाउँ पसेपछि सर्वसाधारण त्रासमा

जंगली हात्ती गाउँमा पसेपछि झापाको दमक– ३ का स्थानीय जनता त्रसित बनेका छन् । हंसेदुम्से वनबाट हात्तीको बथान बस्तीमा प्रवेश गरेर दुःख दिन थालेपछि जनजीवन त्रासपूर्ण बनेको दमक–३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिए । जङ्गलबाट निस्किएको हात्तीले किसानको अन्नबालीसहित घरमा क्षति पुर्‍याउँदै आएको छ । हात्तीले खेतमा पाकेको मकै, धान खाइदिने गरेको बरालले बताए । हात्ती आउने डरले स्थानीयबासी रातभर जाग्राम बस्ने गरेका छन् । सो क्षेत्रमा जङ्गली हात्तीका कारण वर्षेनी एकरदुई जनाको ज्यानै जानेसम्मका घटना भएका छन् ।

Facebook Comments

Advertisement