बिर्तामोडका राम भ्वाइस अफ नेपालको टप १२ मा



हिमालयन टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–२ मा झापाको बिर्तामोडका २३ बर्षिय राम लिम्बु टप १२ मा स्थान बनाउन सफल भएका छन् । २२ हजार प्रतियोगीबाट छानिदै उनी यो स्थानमा आउन सफल भएका हुन् । सुमधुर स्वरको कारण दर्शक र निर्णायकको मन जित्दै उनी झापाली राष्ट्रिय कलाकार प्रमोद खरेलको टिमभित्र पनि परेका छन् ।

झापाको हल्दिबारीमा जन्मिएका राम हाल बिर्तामोडको स्थायी बासिन्दा हुन् । बिर्तामोडमा ५ बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय नेपालिसियन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी आप्नै स्वरको चमात्कार देखाउँदै यहाँपुगेका हुन् । ग्लोरी बोडिङ्ग स्कुलमा कक्षा १० सम्मको अध्ययन पश्चात् बाल्मिकी प्रोभिडियन्स कलेजमा अध्ययनरत उनी पूर्वबाट रियालिटी सोहरुमा सफलता पाउन नसकिरहेको अवस्थामा आफुले दर्शकको भरपुर साथ सहयोग पाउनेमा आशाबादी रहेका छन् ।

भोटिङ्ग शुक्रबार बेलुका कार्यक्रम शुरु भएसँगै शुरु हुनेछ । कार्यक्रम शुक्रबार र शनिबार बेलुका ८ बजेबाट प्रशारण हुँदै आइरहेको छ । उनलाई चाहनेले भोटिङ्ग गर्ने कोड ०८ टाईप गरी नेपालबाट ३७००० मा र विदेशबाट Prabhupay App डाउनलोड गरेर पनि भोटिङ्ग गर्न सकिनेछ ।