एक हजार ५० नयाँ पेट्रोलपम्प खोल्न आवेदन




नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर एक हजार ५० वटा नयाँ पम्प खोल्ने इजाजत माग भएको नेपाल आयल निगमले जनाएको छ । निगमले विनियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड तयार गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले विभिन्न ठाउँमा पम्प खोल्नका लागि माग भएकाले स्थान र सञ्चालनकहरुको कागजपत्र अध्ययन भइरहेको जानकारी दिए । केही समय अध्ययन गरेर मात्र अनुमति पाउने÷नपाउने टुङ्गो लाग्ने उनले बताए ।
प्रक्रिया पूरा गरेका सबै पम्पहरुलाई अनुमति दिने तयारी निगमको छ । निगमले २०७६ वैशाख १७ गते नयाँ पम्पका लागि आवेदन माग गरेको थियो । यस अघि २०६८ सालदेखि निगमले नयाँ इजाजत दिन बन्द गरेको थियो । निगमको नयाँ मापदण्ड अनुसार पम्प सञ्चालका लागि पूर्व–पश्चिम राजमार्गमा कम्तीमा १० कठ्ठा, व्यापारिक सडकमा सञ्चालन गर्न कम्तीमा ८ कठ्ठा, गाउँमा सञ्चालन गर्न ६ कठ्ठा र नमुना पम्पका लागि २० कठ्ठा जग्गा हुनुपर्ने छ ।