खोकुछिन्ताङका सहिद परिवारलाई जनही पाँच लाख




प्रदेश नम्बर १ सरकारले धनकुटास्थित खोकुछिन्ताङका सहिदहरूको परिवारलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । कात्तिक २१ मा बसेको प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठकले ०३६ सालका सहिदका परिवारलाई राहतस्वरूप जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

पञ्चायती व्यवस्थाविरोधी भनेर हत्या गरिएका सहिदको सम्मानका लागि जनही पाँच लाख दिने निर्णय गरिएको जनाइएको छ । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा धनकुटाको खोकुछिन्ताङमा १६ जना स्थानीयको हत्या गरिएको थियो ।