महरा जिल्लाअदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत जाने



पूर्वसभामूख कृष्णबहादुर महरा जिल्लाअदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी कर्मचारी बलात्कार गरेको आरोप लागेका पूर्वसभामूख महरा अदालतको आदेश विरुद्ध उच्च अदालत जाने भएका हुन्।

प्रहरीले जुटाएको प्रमाणको आधारमा महरालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेपछि महरा डिल्ली बजार कारागारमा छन् ।

महराका वकिल मुरारी सापकोटाका अनुसार अदालतको आदेश खारेज गर्नुपर्ने माग गर्दै महराले उच्च अदालत पाटनमा निवेदन दिने भएका हुन्।