सरकारी मोटरसाइकलमा लागूऔषध तस्करी




डिभिजन वन कार्यालय उदयपुरको मोटरसाइकल प्रयोग गरेर भारतको जोगवनीबाट लागुऔषधको ओसारपसार हुने गरेको पाइएको छ । लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका १५ रानीबाट सप्तरी राजविराज नगरपालिका २ राजदेव टोल घर भएका २६ वर्षीय कपिल यादव पक्राउ परेका छन् ।

कपिल डिभिजन वन कार्यालय उदयपुरका अधिकृत सत्यनारायण यादवका छोरा हुन् । उनले जोगवनीबाट लागुऔषध ओसार्न प्रयोग गरेको वन कार्यालय उदयपुरको स १ ब १४१० नम्बरको सरकारी मोटरसाइकललाई पनि प्रहरीले विराटनगर भन्सार कार्यालयको १ नम्बार ढाटबाट नियन्त्रणमा लिएको छ ।

सरकारी नम्बर प्लेटको मोटरसाइकलमा वन अधिकृतका छोरा लागुऔषधसहित पक्राउ परेपछि प्रहरीले भने यस घटनालाई गोप्य राख्ने प्रयास गरेको थियो । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागुऔषध लिएर आउँदै गर्दा वन अधिकृतका छोरा पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।