पाँचथरको पौवासारताप झर्नामा पर्यटकीय आकर्षण




पाँचथर–पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा भेटिएको झर्ना पर्यटकीय आकर्षण बढ्दै गएको छ । स्थानीयका अनुसार एक वर्ष अघि मात्रै यो झर्ना भेटिएको हो । मेची राजमार्गको इलाम फिदिम सडकखण्ड अन्तर्गत राँके बजार र गुम्बाडाँडाको मध्य भाग, निबुखोलादेखि १० मिनेटको पैदल दुरीमा रहेको यो झरनाको नाम बत्तिसे झर्ना राखिएको छ । झरनालाई पर्यटकीय गन्तव्य रुपमा चिनाउन पूर्वाधार निर्माणसँगै प्रचारप्रसार सुरु गरिएको छ । गाउँपालिका वडा नम्वर–३ का अध्यक्ष सुकबीर नेम्वाङ झर्नासम्म जाने बाटो बनाइसकिएको बताउँछन् । झर्नाको विकास र बाटो व्यवस्थापनमा गाउँपालिकाले १० लाख रुपैयाँ खर्च गरिसकेको अध्यक्ष नेम्वाङले जानकारी दिए ।

अध्यक्ष सुकबीर नेम्वाङ

भौगोलिक उचाइ, दाँयाबाँया लेकाली टिम्बुर, चिम्फिङ सँगै सुगन्धित जडिवुटी र दाहिने भागमा कलकल गर्दै बगिरहने निबुखोलाले झरनाको सौन्दर्यतामा आकर्षण थपेका छन् । गाँउपालिका र वडा कार्यालयले झर्नासम्म पुग्न अस्थायी बाटो र सिढी निर्माण गरिसकेका छन् । झर्ना व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र नेम्वाङ झर्नाको प्रचारप्रसार र प्रवद्र्धनमा आफूहरु जुटिसकेको बताउँछन् ।

अन्य पूर्वाधारको विकास गरेर यसलाई पर्यटकीय गन्तब्य घोषणा गर्न स्थानीयको माग छ । राजमार्ग नजिकै रहेकाले पाथीभरा हिँडेका यात्रीसँगै मेची राजमार्ग भएर इलाम र झापातर्फ आउने पर्यटकलाई पनि झरनासम्म तान्न सकिन्छ ।