ढकाललाई महेश कार्की स्मृति माइभ्याली पत्रकारिता पुरस्कार



इलाम–स्व महेश कार्की स्मृति माइभ्याली पत्रकारिता पुरस्कार नमीन ढकाललाई प्रदान गरिएको छ । पत्रकारिताको क्षेत्रबाट इलामको फुटबल खेललाई प्रर्वद्धन गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै माइभ्याली फुटबल क्लबले नगद १५ हजारसहित सम्मान गरेको हो । ढकाललाई क्लबको चौथो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पत्रकार ढकाललाई इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरे । ढकाल थाहा खबर, स्थानीय सन्देश साप्ताहिक, लोकल सन्देश डटकम, सूर्योदय टेलिभिजन लगायतका विभिन्न सञ्चारमाध्यममा कार्यरत छन् । क्लबका सदस्य महेश कार्कीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको स्मृतिमा २०७३ सालबाट इलाममा रहेर खेलकुद पत्रकारितामा योगदान गर्ने एकजना पत्रकारलाई पुरस्कार प्रदान गरिँदै आएको छ ।