रातेखालमा जापानी सहयोगमा विद्यालय भवन




झापाको अर्जुनधारा–४ स्थित रातेखालमा रहेको नवदुर्गा आधारभूत विद्यालयका लागि जापानको आकियो स्मृति सदनले भवन बनाइदिएको छ । सदनको आर्थिक सहयोग तथा घनश्याम स्मृति प्रतिष्ठान चन्द्रगढीको समन्वयमा चार कोठे भवन निर्माण भएको हो ।

कोतारो इनोउए र योसिरो इनोउएका भाई आकियोको सम्झनामा यो भवन निर्माण गरिएको छ । पाँच महिनाको अवधिमा ४९ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको घनश्याम स्मृति प्रतिष्ठानले जनाएको छ ।

नवदुर्गा आधारभूत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकिय प्रमुख पंकज भुर्तेललगायतको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद खतिवडाले स्वागत गरेको कार्यक्रमको शिक्षक तोयानाथ ओलीले सञ्चालन गरेका थिए ।