गोकर्ण विष्टको बहिर्गमन : सरकारभित्र दलाल र पूँजीपति बर्गको पकड



नेकपामा नेता तथा पूर्वमन्त्री प्रदीप नेपालले मन्त्रीबाट गोकर्ण विष्टको बहिर्गमनले सरकारभित्र दलाल र पूँजीपति बर्गको पकड रहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै विष्टलाई हटाएपछि नेता नेपालको यस्तो टिप्पणी आएको हो । उनले समाजिक सञ्जाल फेसबुकमा लेखेरै विष्टलाइृ हटाउने कदमको विरोध गरेका छन् । उनले समाजिक सञ्जालमा भनेका छन्, ‘गोकर्ण बिष्टको बहिर्गमनले नेपालको सरकारभित्र दलाल पूँजीपति वर्गको निर्णायक पकड़ छ भन्ने सत्यलाई नांगो पारेर देखाइदिएको छ।’