बाल क्लवको देउसीमा १ लाख सङ्कलन




अर्जुनधारा–झापाको अर्जुनधारा–७ स्थित सृजना बाल युवा क्लबले देउसी भैलोको हिसाब सार्वजनिक गरेको छ । बाल क्लबको भवन निर्माण गर्ने उद्देश्यले खेलिएको देउसी भैलोको हिसाब सार्वजनिक गरिएको हो । देउसी भैलोबाट एक लाख दुई हजार रुपैंयाँ संकलन भएको क्लबका सदस्य जानुका दियालीले जानकारी दिइन् । यसमध्येको २० हजार रुपैंयाँ खर्च भएको छ ।

हिसाब सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले देउसीमा सहभागीलाई सम्मान पत्र प्रदान गरे । बाल क्लवकी अध्यक्ष शर्मिला न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ७ नम्बर वडाध्यक्ष नवराम ढुङ्गाना, संस्थाका संरक्षक नगेन्द्र आचार्य, नगरका वोर्ड सदस्य रमेश त्रिखत्री लगायतको आतिथ्यता रहेको थियो । संस्था सदस्य जानुका दियालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव ओमबहादुर बस्नेतले गरेका थिए ।