सागका सबै खेलाडीको दुर्घटना बिमा



नेपालमा मंसिर १५ देखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का सहभागी सबै विदेशी खेलाडी तथा खेलकर्मीलाई आयोजकले जनही ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बिमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रिय गौरबको कार्यक्रमका रूपमा नेपालमा हुन लागेको दक्षिण एसिया क्षेत्रकै सबभन्दा ठूलो खेल मेलामा इन्स्योरेन्स पार्टनरका रूपमा सहभागी हुन पाएकोमा आइएमई इन्स्योरेन्सका प्रमुख कार्यकारी श्रेष्ठले खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई सम्बोधन गर्ने, घोषणा गर्ने र एभिसी सेन्ट्रल जोनका विजेतालाई पुरस्कृत गर्ने सदस्यसचिव सिलवालले बताए ।