शिशुको नाममा अक्षयकोष स्थापना गर्न पाँचलाख



बिर्तामोड– शिशुको नाममा अक्षयकोष स्थापना गर्ने सहमति भएपछि मनमोहन सामुदायिक अस्पतालको विवाद साम्य भएको छ । उपचारको क्रममा पाँच महिने शिशुको मृत्यु भएको भन्दै आफन्तले मङ्गलवार अस्पतालमा तोडफोडको प्रयास गरेका थिए ।

घटनापछि भएको छलफलमा मृतक शिशुका नाममा अक्षयकोष स्थापना गर्न अस्पतालले पाँचलाख दिने सहमति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । अस्पतालले पहिलो किस्तामा १ लाख नगददिएको छ । बाँकी ४ लाख मंसिर मसान्तभित्र दिने सहमति भएको छ । बिर्तामोड–५ का विजय लिम्वूको पाँच महिनाकी छोरी विपिषाको उपचारको क्रममा मृत्युपछि अस्पताल तनाबग्रस्त भएको थियो ।