एम्बुलेन्स र ट्रक जुध्दा सुनसरीमा सात जनाको मृत्यु




सुनसरीमा एम्बुलेन्स र ट्रक जुध्दा सात जनाको ज्यान गएको छ । एम्बुलेन्समा एक महिला र ६ पुरुष सवार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना लौकी नजिकै भएको हो ।

शर्माका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगञ्जबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए ।

घटना हेर्दा दुबै सवारीसाधन तीब्र गतिमा भएको अनुमान गरिएको छ । उनले दुबै सवारीसाधन ७०–८० किमी प्रतिघण्टाको गतिमा हुनुपर्ने प्रहरीको अनुमान छ । उनका अनुसार ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो । उनले मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको बताए ।

एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो । मृतकहरूको पूरा परिचय खुल्नै बाँकी रहेको छ ।