कास्की २ः भट्टराई विजयी, औपचारिकता मात्रै बाँकी



कास्की २ मा भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी हुने पक्का भएको छ। ११ मध्ये ८ वटा वडा गनिसक्दा भट्टराईको जित सुरक्षित भएको हो। अब ८ हजार ३ सय मत मात्रै गन्न बाँकी छ। पछिल्लो मतगणना अनुसार भट्टराई ८ हजार ५ सय मतले अघि छन्।

गन्न बाँकी सबै मत कांग्रेसको पोल्टामा आएपनि अब नेकपालाई जित्न सकिँदैन। बदर मत धेरै हुने र नेकपालाई निकै कम मत जाँदा मात्रै कांग्रेसको आशा जिवित रहन्छ। त्यसो त गन्न बाँकी ३ मध्ये २ वडा कांग्रेसको पकड क्षेत्र मानिन्छ। एउटामा बराबर मत आउने आँकलन छ।

हालसम्म नेकपाले २० हजार ७ सय ९७ मत पाएको छ भने कांग्रेसले १२ हजार २ सय ५५ पाएको छ। हालसम्म् ८ हजार ५ सय ४२ मतको फरकमा नेकपा अघि रहेको छ। औपचारिक घोषणा मात्रै बाँकी छ।