साग विजेतालाई प्रधानमन्‍त्रीको ‘सरप्राइज’



सरकारले १३औं दक्षिण एसियाली खेलकुद साग मा एउटा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ। साग सकिएको भोलिपल्टै बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर खेलाडीलाई ठूलो रकमसहितको पुरस्कार घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीले स्वर्ण जित्ने खेलाडीलाई जनही नौ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे।
घोषणा अनुसार दुईभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख रुपैयाँका दरले पुरस्कृत गरिनेछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि बुधबार ट्विट गर्दै एकभन्दा बढी स्वर्ण पदक जित्नेलाई प्रतिस्वर्ण ११ लाख रुपैयाँ दिने जनाएका छन् ।

रजत पदक विजेतालाई जनही ६ लाख र कास्यलाई जनही तीन लाख रुपैयाँ प्रदान गरिनेछ। एकभन्दा बढी स्वर्ण जिते ११, रजत जित्नेलाई ६ र कांस्य जित्नेलाई ३ लाख दिइनेछ । सरकारले घोषणा गरेको यो पुरस्कार रकम अहिलेसम्मकै धेरै हो। सागको अघिल्लो संस्करणमा सरकारले व्यक्तिगत विधामा स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः पाँच लाख, तीन लाख र एक लाख रुपैयाँ प्रदान गरेको थियो।

एक भन्दा बढी स्वर्ण जिते ११, रजत जित्नेलाई ६ र कांस्य जित्नेलाई ३ लाख दिइनेछ । सरकारले घोषणा गरेको यो पुरस्कार रकम अहिलेसम्मकै धेरै हो। सागको अघिल्लो संस्करणमा सरकारले व्यक्तिगत विधामा स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः पाँच लाख, तीन लाख र एक लाख रुपैयाँ प्रदान गरेको थियो।

यसैगरी सरकारले टिम स्पर्धामा स्वर्ण विजेता खेलाडीलाई जनही पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ। टिम स्पर्धाको रजत र कांस्य पदकबारे कार्यविधि बनाएर पुरस्कार प्रदान गरिने बताइएको छ। टिम स्पर्धामा स्वर्ण विजेता टोलीका प्रशिक्षकलाई पनि जनही पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने जनाएको छ। सरकारले पदक विजेता खेलाडीका लागि एक अर्ब १३ करोड रुपैयाँ पुरस्कार राशिमा खर्च गर्न लागेको छ। सागका लागि सरकारले कुल पाँच अर्ब २५ करोड रुपैयाँ बजेट प्रदान गरेको थियो।

प्रधानमन्त्री ओलीले नेपाली खेलाडीको प्रदर्शन विदेशी खेलाडीको भन्दा कमजोर नभएको बताए। यसअघि अस्वस्थताका कारण साग उद्घाटन र समापन अवसरमा प्रधानमन्त्री ओली उपस्थित हुन सकेका थिएनन्। प्रधानमन्त्री ओलीले समापन समारोहमा भिडियोमार्फत सम्बोधन गरेका थिए। प्रधानमन्त्री ओलीले बुधबार खेलाडीलाई निवासमै बोलाएर सम्बोधन गरेका हुन्।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो। नेपाल पदक तालिकामा दोस्रो भएको थियो। पहिलो भएको भारतले भारतले एक सय ७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य पदक जितेको थियो।