बिकास लिम्वूलाई सम्मान



हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को फाइनलिष्टमा परेका झापा अर्जुनधाराका बिकास लिम्बूलाई अर्जुनधारा नगरपालिकाले स्वागत र सम्मान गरेको छ ।

अर्जुनधारा–१ मा स्थायी घर भएका ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप फोमा पर्न सफल उनलाई बिहीवार नगरको सभाहलमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो ।

अर्जुनधारा नगरको भाषा, कला, साहित्य र सांस्कृतिक प्रवद्र्धन समितिका संयोजक सुशिला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हरिकुमार राना रहेका थिए । कार्यक्रममा नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।