फागुन १५ देखि २४ गतेसम्म झापा गोल्डकप




बिर्तामोड– झापाको चर्चित ‘झापा गोल्डकप’ फागुनमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले झापा गोल्डकपको कार्यतालिका बाहिर ल्याएको हो । एन्फाले आगामी फागुन र चैतका लागि मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

फागुन १५ देखि २४ गतेसम्म झापा गोल्डकप हुनेछ । झापा गोल्डकपसहित झापामा तीन वटा गोल्डकप हुनेछन् । फागुन १ देखि १० गतेसम्म झापामा सताक्षी गोल्डकप पनि आयोजना हुनेछ । इलाममा फागुन १५ देखि २४ गतेसम्म माइभ्याली गोल्डकप पनि हुँदैछ । चैत १७ देखि वैशाख ६ गतेसम्म झापामा मेचीनगर गोल्डकप सञ्चालन गरिनेछ ।