जुकेखाडी सामुदायिक बनलाई प्रदेश सरकारको २५ लाख




प्रदेश सरकारले उत्तरी झापाको जुकेखाडी सामुदायिक वनको विकास र प्रवद्र्धनका लागि २५ लाख रुपैयाँ दिने भएको छ । चालस आर्थिक वर्षमा खर्च गर्ने गरी प्रदेश सरकारले यो बजेट उपलब्ध गराउन लागेको हो । सामुदायिक वनको २४ औँ उपभोक्ता भेलालाई शुक्रवार सम्वोधन गर्दै प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिश प्रसाद कुसीयत यस्तो जानकारी दिएका हुन् । उनले भ्रमण बर्ष २०२० लाई सफल वनाउन सामुदायिक वनले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

‘पर्यापर्यटनको माध्यमबाट सामुदायिक वनले भ्रमण बर्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्न सक्छन्’, उनले भने, ‘प्रदेश सरकार पनि सामुदायिक वनको विकास र प्रवद्र्धमा गम्भीर छ उनले सामुदायिक वनहरुलाई अब उद्योगको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । सामुदायिक वनबाट महत्वपूर्ण फाइदा लिन सकिने भएकाले प्रदेश सरकारले यसको संरक्षण र प्रर्वद्धनमा विभिन्न कार्यक्रम अघि सारेको जानकारी दिए । पर्यटक भित्र्याउन सके मुलुक समृद्ध बन्ने भन्दै मन्त्री कुसीयतले बन क्षेत्रको संरक्षणसँगै विकास र पर्यटन प्रवद्र्धनमा ध्यान दिन आग्रह गरे ।

भेलामा सामुदायिक वनका अध्यक्ष दिव्यप्रसाद कट्टेलले सामुदायिकले गतबर्ष गरेका कार्य र चालु आर्थिक बर्षका योजनाहरु प्र्स्तुत गरेका थिए । उनले महत्वपूर्ण योजनाको रुपमा रहेको वन क्षेत्र भित्रको कैँदले पर्यापर्यटनका लागि तयार गरिएका विकासका योजनाहरु समेत प्रस्तुत गरे । भेलामा लेखा समितिका संयोजक रामकुमार महतले आन्तरिक लेखा प्रतिवेदन र संस्थाका कोषाध्यक्ष हरिराम शर्माले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

कार्यक्रममा प्रदेश सभाका सदस्य बिर्ख प्रधान, संबिधान सभाका सदस्य प्रेमबहादुर गिरी, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा आचार्य, डिभिजन वन कार्यलय झापाका प्रमुख विष्णुप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सामुदायिक वनले फरक क्षमता भएका र बिभिन्न उपभोक्तालाई सम्मान समेत गरेको छ ।