उर्लाबारीमा पूर्वका बीमा अभिकर्ताको भेला




दमक–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पूर्वान्चल क्षेत्रीय कार्यालय इटहरीको आयोजनामा शनिवार मोरङको उर्लाबारीमा अभिकर्ता भेला भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिबेक झाको प्रमुख आतिथ्यमा भएको भेलामा पूर्वका ६७५ जना अभिकर्ता सहभागी भएका थिए ।
अभिकर्ताको कार्य क्षमता अभिवृद्धि र व्यवसायिक रणनीति निर्माण गर्न आयोजित कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा अन्तर्राष्ट्रिय उत्प्रेरक बिके शर्माले मोटिभेसनल तालिम दिनु भएको थियो । दोस्रो चरणमा कम्पनीका भावी रणनीति र व्यवसाय बृद्धिका बारेमा छलफल र योजना निर्माण गरिएको थियो ।

पूर्वान्चल क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेलले स्वागत गर्नु भएको कार्यक्रममा कम्पनीका उप कार्यकारी प्रमुख सुशीलकुमार चौधरीले अभिकर्ताको कडा मेहनतका कारण कम्पनीले देशमै व्यवसायिक उच्च सफलता पाएको बताउनु भयो ।

प्रमुख कार्यकारी विवेक झाले कम्पनीको भावी व्यवसायिक रणनीतिका बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा पेशागत बीमा अभिकर्ताका केन्द्रीय सचिब रामकुमार बुढाथोकी, केन्द्रीय सदस्य गणेश अधिकारी, सी.पी.कडरिया, बिमक समिति नेपाल लाइफका केन्द्रीय सदस्य चन्द्रकला सुवेदी, सूर्यप्रसाद दाहाल, तेजप्रसाद तिवारी र तेजमणि प्रसाईं, विभिन्न शाखाका अध्यक्ष र पदाधिकारी एवम् सदस्यहरु समेतको सहभागिता भएको उक्त कार्यक्रममा व्यवसायमा उच्च योगदान पुर्याउने अभिकर्ता तथा एजेन्सी मेनेजरहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा बेदनारायण गोदार, भवेश थापा, कमला थापा, झलकमणि भट्टराई, बिर्तामोडबाट यामप्रसाद खरेल चन्द्रगढी, अमृतमणि खतिवडा धरान, मोकेन्द्र यादव, दसरथ दास, कैलाश झा राजबिराज, सञ्जय कुमार साह लहान र गुनेस्वर राउत विराटनगर रहनु भएको छ । उक्त कार्यक्रम उर्लाबारी शाखा प्रमुख रोशन यादवले सञ्चालन गर्नु भएको थियो ।