सागका स्वर्ण पदक विजेतालाई सम्मान



इलाम–साग प्रतियोगितामा स्वर्ण पदक विजेता दुई खेलाडीलाई इलाममा सम्मान गरिएको छ । निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनले २९ औं स्थापना दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

इलामको गौतम बुद्धसभा गृहमा आयोजित समारोहमा उसु खेलबाट स्वर्ण पदक जित्ने सूर्योदय नगरपालिकाकी जुली राई र फुटबलबाट स्वर्ण पदक जित्न सफल सन्दकपुर गाउँपलिका–५, जमुनाका छिरिङ्ग गुरुङ्ग सम्मानित भएका छन् ।

नगद जनही पाँच हजारसहित उनीहरुलाई सम्मान गरिएको हो । प्याब्सनले २३ वर्षदेखि निरन्तर संस्थागत विद्यालयमा अध्यापन गर्दै आएकी शिक्षिका मुना श्रेष्ठलाई पनि सम्मान गरेको छ । हाल उनी हेरिटेज नेसनल एकाडेमीमा अध्यापन गर्दै आएकी छिन् ।