उपप्रमुखको पहलमा साङलोबाट मुक्ति




इटहरी– साढे तीनदशकदेखि साङलोमा बाँधिएका डिकबहादुर खड्काको उद्धार गरिएको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले उनको उद्धार गरेकी हुन् । इटहरी–२० का ५३ बर्षीय खडका ३६ बर्षदेखि वाँधिएर बसेका थिए । उद्धारपछि खड्कालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

उपमहानगरका स्वास्थ्यकर्मीको टोलीसहित उपप्रमुख चढने गाडीमै राखेर उनलाई उपचारका लागि धरान लगिएको हो । खडका मानसिक विरामी रहेका कारण वाँधेर राख्नु परेको परिवारजनले वताएका छन् । उहाँ २०३६ सालमा लडेर वेहोस हुनुभएपछि मानसिक समस्या देखिएको परिवारजनले वताएको इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले बताए ।

खडकाको निशुल्क उपचारका लागि इटहरी उपमहानगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस गरेको छ । तत्कालको खर्चका लागि उपमहानगरको तर्फवाट १० हजार प्रदान गरिएको छ । चिकित्सकले खड्काको उपचार सुरु गरेका छन् ।