मोटरसाइकल चोर्दा बिर्तामोडबाट दुई जना पक्राउ



बिर्तामोड–मोटरसाइकल चोर्दा चोर्दै शनिवार राति नौ बजे बिर्तामोडबाट दुई जना पक्राउ परेका छन् । को ३२ प १६९९ नम्वरको मोटरसाइकल चोर्दा चोर्दै उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङगा नगरपालिका–२ का २४ वर्षीय किरण बस्नेत र सोही ठाउँका सदर्शन गेलाल रहेका छन् । उनीहरुलाई मोटरसाइकल चोर्दा चोर्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । आरोपी उपर छानविन सुरु गरिएको झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।