यस्तो छ माइभ्याली गोल्डकपको खेल तालिका



 

इलाम– फागुन १५ देखि इलाममा हुने छैठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिताकोको तयारी तीव्र बनाइएको छ । ठूलो टुडिखेलमा हुने प्रतियोगितामा लिग लिडर मछिन्द्रसहित १० वटा टीम सहभागी हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेलमा कोहिमा इगल फुटबल क्लब नागाल्यान्ड भारतले गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ ।

फागुन १६ गते आयोजक माइभ्याली फुटबल क्लब र ग्यान्टोक सिटी फुटबल क्लब सिक्किमबीच दोश्रो प्रि–क्वाटर फाइलनको लागि प्रतिस्पर्धा हुनेछ । पहिलो क्वाटरफाइनलमा फागुन १७ गते मानेभञ्ज्याङ फुटबल क्लब दार्जीलिङ र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने जनाइएको छ । फागुन १८ गते पहिलो संस्करणको बिजेता ए डिभिजन क्लब त्रिभुवन आर्मीले अर्को ए डिभिजनको क्लब संकटाको सामना गर्नेछ ।

तेश्रो क्वाटरफाइनलमा फागुन १९ गते नागाल्यान्ड र रुपन्देही बीचको बिजेताले शहीद स्मारक लिग बिजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम क्वाटरफाइनल खेलमा फागुन २० गते माइभ्याली र सिक्किम बीचको बिजेताले कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडन स्र्पोटिङसँग प्रतिस्पर्धा गर्नेछ ।

फागुन २१ र २२ गते हुने सेमीफाइनल खेलका बिजेता र उपविजेता बीच फागुन २४ गते फाइनल खेल हुने तय भएको छ । यो वर्ष माइभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । गोल्डकपको टाइटल स्पोन्सरको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक छ ।